१५ चैत्र २०८०, बिहिबार

राष्ट्रियताकाे भाव समेटिएकाे नयाँ गीत सार्वजनिकः भारतले सीमा मिचेकाेमा खबपुको आक्रोश

प्रकाशित मिति :  14 May, 2020 5:47 pm


काठमाडाैं, १ जेठ ।  

पछिल्लोचरणमा भारतले नेपालको लिम्पियाधुरा, लिपू र कालापानीलाई आफ्नो नक्सामा गाभेर चीन जोड्ने बाटो बनाएपछि स्वाभिमानी चौतर्फी विरोधमा छन् ।

भारतले हेपाहा प्रवृति देखाएको भन्दै सारा नेपाली आक्रोशित भएका छन् । यै आक्रोश गीत–संगीतमा पनि पोखिएको छ । गायक डम्बर हिङमाङ्ग र हरी पुन मगरकोले राष्ट्रवादी गीत बजारमा ल्याएका छन् । गीतको शब्द हरी पुनको छ भने संगीत गायक हिङमाङ्गले भरेका छन् ।

गीतमा देवेश राईले संगीत संयोजन गरेका छन् भने गीतको भिडियो छायांकन र सम्पादन पिटर गुरुङले गरेका छन् । भिडियोमा चर्चित रोल्पाका कमेडियन खड्कबहादुर पुनमगर ‘चञ्चल’ को अभिनय रहेका छन् ।

चञ्चललाई डम्बर हिङमाङ्ग, पृथ्वी खनाल र हरी पुनमगरको अभिनयमा साथ दिएका छन् । उक्त गीत गायक हरि पुनमगरको अफिसियल युटूव च्यानलबाट बजारमा आएको छ ।



प्रतिक्रिया दिनुहोस !