७ बैशाख २०८१, शुक्रबार

नेपाली मूलका गायक दिवेश पोखरेल अमेरिकन आइडलमा दोस्रो

प्रकाशित मिति :  18 May, 2020 8:10 am


काठमाण्डौं, ५ जेठ ।

नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडल सिजन-१८ मा दोस्रो भएका छन् ।

आइतबार राति(नेपाली समय अनुसार आज बिहान) भएको फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा देस्रो घोषित गरिएका   हुन् । यो कुनै पनि नेपालीले हलिउडमा जितेको सम्भवतः सबैभन्दा ठूलो रियालिटी शोको उपाधि हो । अमेरिकन आईडलको उपाधि जस्ट सामले जितिन् ।

अन्तिम प्रस्तुतिमा पोख्रेलले ‘आई डन्ट वान्ट टु बी’ बोलको पहिलो गीत गाएका थिए ।  गत हप्ता अमेरिकन आइडलका टप ७ प्रतिस्पर्धीको घोषणा गरिएको थियो । टप ७ मा अघिल्लो साता दिवेश पोखरेल–आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए ।

यी ७ जनामध्येबाट आजको एपिसोडको सुरुवातमै टप -५ को घोषणा गरिएको थियो । त्यसपछि सुरु भएको फाइनल प्रस्तुतिपछिको भोटका आधारमा दिवेशले दोस्रो उपाधि जितेका हुन् ।  दिवेश पोखरेल सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए ।

दिवेशले २ वर्षअघि ‘ग्रहण’ नामक एल्बम पनि निकालेका छन् । यो एल्बमको काम सन् २०१७ मा सुरु भएको थियो र यसको पहिलो गीत ‘प्रलय’ नेपालमै रेकर्ड भएको थियो ।



प्रतिक्रिया दिनुहोस !