१५ चैत्र २०८०, बिहिबार

‘कृषि टेलिभिजन’लाई कारबाही गर्न अनुरोध गर्दै प्रदेश-२ सरकारद्धारा केन्द्र सरकारलाई पत्र

प्रकाशित मिति :  21 May, 2020 9:20 am


काठमाडौं, ८ जेठ ।

‘कृषि टेलिभिजन’लाई  कारबाही गर्न प्रदेश -२ सरकारले केन्द्र सरकारलाई पत्र लेखेको छ ।

प्रदेश-२ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले सञ्चार तथा प्रविधि मन्त्रालयलाई पत्र लेख्दै कारवाहीका लागि अनुरोध गरेका हुन् । टेलिभिजनले संविधान र कानुनको उल्लंघन गर्दै कार्यक्रम प्रशारण गरेको भन्दै प्रदेश-२ सरकार ले कारबाहीको आग्रह गरेको हो ।

टेलिभिजनबाट प्रशारण भएको ‘कोरोना विर्साउने गफगाफ’ले खास वर्ग र समुदायलाई विभिन्न तरिकाले होच्याउने,अपमान गर्ने र तल देखाउने तथा बेइज्जत गर्ने जस्ता कार्यहरु गरेको पाईएको उल्लेख गरिएको छ ।

मुख्य न्यायाधिवक्ता झाले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ,‘जनताको संवैधानिक तथा कानुनी हकको संरक्षण गर्न यस्ता विभेदकारी कार्यक्रम निर्माण र प्रशारणमा रोक लगाउनु हुन अनुरोध गर्दछु । साथै, यसै पत्रलाई उजुरी मानी यस्ता कार्यक्रममा संलग्नलाई छानविन गरी कानून बमोजिम आवश्यक कारबाहीका लागि समेत अनुरोध गर्दछु ।’

टेलिभिजनबाट जेठ ६ गते प्रशारण भएको कार्यक्रममा प्रयोग गरिएको शब्द तथा सांकेतिक हाउभाउले मधेशी वर्गको खिल्ली उडाएको तथा मधेशी समुदायलाई अपमानित गरेको पत्रमार उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !