१३ बैशाख २०८१, बिहिबार

कोरोना संक्रमित मुलुक मध्य भारत विश्वको १० औं नम्बरमा,१३ दिनभित्र दोब्बर संक्रमित

प्रकाशित मिति :  25 May, 2020 8:41 pm


काठमाण्डौं, १२ जेठ ।

भारत कोरोना संक्रमित मुलुक मध्य विश्वको १० औं नम्बरमा पुगेको छ । भारतमा कोरोना संक्रमण तिब्र फैलिएको छ भने विश्वका संक्रमित १० देशभित्र परेको छ ।

कोरोना संक्रमण भएको मुलुकमा अमेरीका एक नम्बरमा छ भने त्यसपछि ब्राजिल,रुस,ब्रिटेन,स्पेन,इटली,फ्रान्स,जर्मनी र टर्की छन् । भारतमा मृतकको संख्या ४ हजारको हाराहारीमा भएपनि संक्रमितको संख्या भने १ लाख ४० हजार १ सय ७२ जना पुगेका छन् ।

सरकारी आँकडा अनुसार दोस्रो ठूलो जनसंख्या भएको देशमा कारोना भाइरसको संख्या १३ दिनमा दुईगुणाले बढेको छ । संक्रमण बढीरहेकै बेला सरकारले लकडाउन खुकुलो बनाएको छ ।

भारतको महाराष्ट्र संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ ५० हजार मानिस कोरोना संक्रमित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !