१३ बैशाख २०८१, बिहिबार

विश्वभर कोरोनाका संक्रमितको संख्या ५५ लाख नजिक,एक दिनमा अमेरीका भन्दा ब्राजिलमा मृत्यु हुनेको संख्या धेरै

प्रकाशित मिति :  26 May, 2020 7:55 am


काठमाण्डौं, १३ जेठ ।

विश्वभर कोरोनाका संक्रमितको संख्या ५५ लाख नजिक पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण अहिलेसम्म ३ लाख ४६ अजार २ सय ९ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार संक्रमितको संख्या ५४ लाख ९३ हजार ४ सय ८२ पुगेको छ ।

कोरोनाबाट संक्रमित हुने देशमध्य अमेरीका सबै अगाडि छ र अहिलेसम्म १६ लाख ६२ हजार २ सय ५० जनामा संक्रमणको पुष्टि भएको छ । मृतकको संख्या ९८ हजार २ सय १८ पुगेको  छ ।

पछिल्लो पटक ब्राजिलमा स्थिति गम्भीर बन्दै गएको छ । ब्राजिलमा २४ घण्टाभित्र अमेरीकामा भन्दै धेरैको ज्यान गएको छ । अमेरीकामा ६ सय २० जनाको मृत्यु भएको छ भने ब्राजिलमा ८ सय ७ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमितको संख्या ब्राजिलमा विश्वकै दोस्रो स्थानमा छ । ब्राजिलमा संक्रमितको संख्या ३ लाख ७४ हजार ८ सय ९८ छ । ब्राजिलमा संक्रमित र मृतकको संख्या बढ्दै जाँदापनि लकडाउन गरिएको छैन । सीएनएनका अनुसार २४ घण्टामा ११ हजार नयाँ संक्रमित भेटिएका  छन् ।

कोरोना संक्रमित मुलुक मध्य भारत विश्वको १० औं नम्बरमा,१३ दिनभित्र दोब्बर संक्रमित



प्रतिक्रिया दिनुहोस !