७ बैशाख २०८१, शुक्रबार

प्रदेश-५ सभामा सांसदको आक्रोश : क्वारेन्टाइन कोरोना संरक्षण केन्द्र बने

प्रकाशित मिति :  27 May, 2020 1:56 pm


रुपन्देही, १४ जेठ ।

प्रदेश—५ का सांसद विजय यादवले क्वारेन्टाइन कोरोना संरक्षण क्षेत्र बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसद यादवले स्थानीय तहले बनाएका मापदण्ड भद्रगोल र कुनै मापदण्ड नभएको भन्दै त्यसैबाट थप कोराना फैलन सक्ने खतरा रहेको उल्लेख गरे ।

उनले क्वारेन्टाइनको कसैले अनुगमन गरेको समेत उल्लेख गरे । उनले भने,‘हामीले भन्यौं कि सिमाबाट मान्छे आएर जोखिम बढ्यो तर म के भन्छु भने बढी जोखिम त क्वारेन्टाइनमा छ । क्वारेन्टाइन एउटा कोरोनाको संरक्षित केन्द्र बन्यो । प्रत्येक स्थानीय तहले जुन क्वारेन्छाइन बनाएका छन्, त्यो कोरोना सेन्टर भयो । प्रत्यक कोठामा ७०,८० जना मान्छे कोच्ने एउटा साबुनालाई काटेर आधा साबुन दिने र सबै मान्छेले त्यै साबुन प्रयो गर्ने । एउटा बाल्टिबाट सबै मान्छेले नुहाउने गर्दा को संक्रमित हो को संक्रमित होईन छुटउन गाह्रो भयो ।’

सरकारले क्वारेन्टाईनका लागि मापदण्ड बनाएपनि स्थानीय तहले पुरा नगरेको र अनुगमन पनि नभएको सांसद यादवको भनाई थियो ।

उनले भने,‘क्वारेन्टाइन बनाउने भनेर नेपाल सरकारले परिपचत्र गर्यो । तर ति क्वारेन्टाईन नेपाल सरकारले भनेको मापदण्ड अनुसार बन्यो कि बनेन त्यसको नियमन अनुगमन कसले ग¥यो ?’ अहिले बाटोघाटो , पुल पुलेसा भन्दा पनि मान्छेको जीवन ठूलो भएको सांसद यादवको भनाई थियो । उनले अहिले देशभर क्वारेन्टाइनको कमजोरीका कारण नै कोरोना फैलिने खतरा रहेको औंल्याए ।

उनले भने,‘आज चाहे बाँके जिल्ला हेर्नुस् चाहे कपिलवस्तु हेर्नु या तराईका जति पनि जिल्ला हेर्नुस् या पहाडका जिल्ला हेर्नुस् आज त्यहीबाट संक्रमण बढ्दै गएको छ ।’ उनले दुई महिनासम्म लकडाउन हुँदापनि सरकारले ठोस कदम चाल्न नसकेको सांसद यादवको आरोप थियो ।



प्रतिक्रिया दिनुहोस !