११ बैशाख २०८१, मंगलबार

सभापति घर्तीद्धारा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धि विधेयक प्रतिनिधि सभामा पेश

प्रकाशित मिति :  27 May, 2020 4:15 pm


काठमाण्डौं, १४ जेठ ।

स्वास्थ्य तथा शिक्षा समिति सभापति जयपुरी घर्तीले समितिबाट पारित भएको ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ प्रतिनिधि सभामा पेश गरेकी छन् ।

उक्त विश्वविद्यालयलाई विज्ञान तथा प्रविधिका क्षेत्रमा अध्ययन अनुसन्धान गर्न सक्षम जनशक्ति उत्पादन गर्न सक्ने लक्ष्यसहित छलफल गरेर समितिमा चैत ५ गते सर्वसम्मतिबाट पारित भएको थियो ।

उक्त विधेयकलाई प्रतिनिधि सभाको गत भदौ १० गतेको बैठकले प्राप्त संशोधनसहित दफावार छलफलको लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाउने निर्णय गरेको थियो । विधेयक प्राप्त गरेपछि माघ २९ गतेबाट समितिले विधेयकका सम्बन्धमा सैद्धान्तिक एवं दफावार छलफल शुरु गरेको थियो ।

छलफका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट विधेयकको आवश्यकता र औचित्यबारे विस्तृत जानकारी लिने विधेयकलाई व्यवस्थित र परिस्कृत बनाउनका लागि समिति सदस्यहरु, विधेयकमाथि संशोधन पेश गर्ने सदस्यहरु, विषय विशेषज्ञहरुलाई आमन्त्रण गरी विधेयक माथि दफाबार छलफल गरेको समिति सभापति घर्तीले जानकारी दिईन् ।



प्रतिक्रिया दिनुहोस !