१३ बैशाख २०८१, बिहिबार

बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको २२ टावर लकडाउनमै तयार,७ वटामा भने मुआब्जा विवाद

प्रकाशित मिति :  28 May, 2020 10:17 am


रुपन्देही, १५ जेठ ।

नेपालको ठूलो सिमेन्ट उद्योग मानिने पूर्वी नवलपरासीमा रहेको होङ्सी सिमेन्ट र दुम्कीबास सवस्टेशनका लागि निर्माण भईरहेको बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको ६७ वटा टावर मध्ये २२ वटा टावर लकडाउनकै समयमा सम्पन्न भएको छ ।

अहिलेसम्म निर्माण भएका २७ वटा मध्य २२ वटा टावर लकडाउनकै अवधिमा निर्माण पुरा भएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए । उनले लुम्बिनी सञ्चारसँग भने,‘६७ वटा जम्मा बनाउनुपर्ने हो । ६० वटाको फाउण्डेशन सकियो र २७ वटा टावरै बनिसक्यो जुन २२ वटा लकडाउनभित्र बनेको हो । ’

प्रशारण लाईनको अब ७ वटा वटा फाउण्डेसन बनाउँन बाँकी छ । पश्चिम नवलपरासीमा ३वटा र पूर्व नवलपरासीमा ४ वटा फाउण्डेसन बन्नुपर्नेमा विवादका कारण बाँकी रहेको आयोजना प्रमुख पाण्डेको भनाई छ ।

प्रमुख पाण्डेले भने,‘ हामीले पैसा तिरिसकेको ठाँउमा पनि जग्गावाला व्यक्तिले अवरोध गरिरहेको छ । अब कामको अन्तिममा छौं केही गरेर भएपनि त्यसलाई समाधान गनुपछ र गर्छौं । आयोजना सकिने अवस्थामा पुगेको हो । त्यति काम गर्न पायौं भने हामी दुईमहिना भित्र आयोजना नै सकिन्छ ।’

विवाद रहेको मध्य एक जनाले मुआब्जा बुझेको र तीन जनाले बुझ्न बाँकी रहेको भन्दै आयोजना प्रमुख पाण्डेले मुआब्जा बुझेको व्यक्तिले पनि काम गर्न जाँदा अवरोध गर्न खोजेको बताए । वर्दघाटमा एउटा ऐलानी जग्गा, एउटाले मुआब्जा बुझेको र एउटाले बुझ्न बाँकी रहेको भन्दै त्यसको पनि छिट्टै समाधान गर्ने बताए ।

आयोजना प्रमुख पाण्डेले वनले रुख कटानको आदेश नआएकाले केही ढिलाई हुने देखिएको बताए । उनले भने,‘वन कार्यालयले रुख कटानको आदेश दिएको छैन । वर्षामा त के हुन्छ खै रुख काट्न दिन्छ कि दिँदैन तर हामीले निरन्तर काम गर्न पाए दुईमहिनामा काम सक्छौं ।
वन कार्यालयबाट पनि रुख कटान आदेश आउन बाँकी रहेको पाण्डेको भनाई छ । टावरका आसपासमा ५६ सय रुख काट्नुपर्ने छ ।

उनले भने,‘ सबै प्रकृया सकिसकेको र रुख कटानको आदेश आउने वित्तिकै ठेक्का पट्टा सम्झौता गरेर काम सुरु गर्छौं। लाइन निर्माणपछि नेपाल विद्युत प्राधिकरण ले कम्तीमा २८ मेघावाट विद्युत बिक्री गरेर मासिक १५ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ छ । जेठसम्म काम सक्नुपर्ने भएपनि लकडाउनले केही ढिलो भएको छ । प्रमुख पाण्डेले भने,‘ यो जेठसम्म काम सकिसक्नुपर्ने थियो सकिन्थ्यो पनि लो लकडाउनले गर्दा ढिलो भयो देशकै परिस्थिति यस्तो भएको छ । निरन्तर काम गर्न पयौं भने दशैअघि नै हामी चार्ज गछौं ।’

टावरमा १३२ केभीको दुईवटा लाईन हुँने छन् जसमा एउटा लाईन होङ्सी सिमेन्ट र अर्को दुम्कीबासमा निर्माण हुने सवस्टेशनका लागि जाने  छ ।



प्रतिक्रिया दिनुहोस !