६ बैशाख २०८१, बिहिबार

कृषि क्रान्तिका लागि कुल ४१ अर्व ४० करोड बजेट

प्रकाशित मिति :  28 May, 2020 5:03 pm


लक्ष्मी ज्ञवाली

काठमाडौं, १५ जेठ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूसालकाे कृषि क्रान्तिकाे अवधारणाका अगाडि बढ्ने भएकाे छ । आगामी वर्ष कृषिका लागि ४१ अर्व ४० करोड बजेट विनियोजन गरिएको हाे ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट कृषि क्रान्तिको अवधारणालाई अगाडि बढाउने बताएका हुन् । नेपाली अर्थतन्त्रको भरपर्दो आधार कृषिमा श्रम परिचालन, व्यवसायीकरण, यान्त्रिकरणलाई प्राथमिकता दिइने भएको छ । सिंचाई, मल, बीउ, पुँजी सुनिश्चित । दुध, तरकारी र मासुजन्यमा आत्मनिर्भर हुने गरि लक्षित कार्यक्रम सुरु गरिने भएको छ ।

कृषि अनुदान पुनरावलोकन गरि दोहोरो हुन नदिने, स्थानीय तहका सबै वडामा कृषि सेवा दिन, कृषि स्वयमसेवक सेवा परिचालन गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनालाई पुनःर्संरचना गर्दा एक स्थानीय तह एक कृषि पकेट क्षेत्र पर्ने गरि कार्यक्रम लागू गरिने भएको छ । साे कार्यक्रमलाई ३ अर्ब २२ करोड बजेट छुटयाएको बताए छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !