७ बैशाख २०८१, शुक्रबार

विप्लव नेतृत्व नेकपा नेतृ भुजेललाई धरौटीमा रिहा गर्न धनुषा अदालतको आदेश,प्रहरीद्धारा फेरि पक्राउ

प्रकाशित मिति :  28 May, 2020 5:51 pm


धनुषा, १५ जेठ ।

जिल्ला अदालत धनुषाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेललाई धरौटीमा छोड्न आदेश दिएपनि प्रहरीले फेरी पक्राउ गरेको छ ।

जिल्ला न्यायाधिस तिर्थराज केसीको इजलासले भुजेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तोकिएको धरौटी बुझाएर रिहाँ भएकी भुजेललाई प्रहरीले अदालत परिसरबाटै फेरी पक्राउ गरेको छ । भुजेलको तर्फबाट अधिवक्ता कपिलचन्द्र पोख्रेल, कला त्रिताल लगायतले बहस गरेका थिए ।

नेतृ उमा भुजेल झापा जिल्ला अदालतको आदेश अनुसार धरौटी तिरेर रिहा भएलगत्तै प्रहरीले फेरी पक्राउ गरेर धनुषा लगिएको थियो ।
नेकपाको तत्कालीन पोलिट ब्यूरो सदस्य तथा मेची-कोशी ब्यूरो इन्चार्ज भुजेललाई गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई जिल्ला अदालत सुनसरीले छाड्ने आदेश दिएपनि पुनः पक्राउ गरि झापा लगिएको थियो । झापा अदालतले पनि भुजेललाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !