१३ बैशाख २०८१, बिहिबार

स्वदेश-विदेशमा बेराेजगारलाइ स्वराेजगार बनाइने, प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै थप २ लाख रोजगारी

प्रकाशित मिति :  28 May, 2020 6:04 pm


काठमाडौं, १५ जेठ ।

सरकारले विदेश तथा स्वेदशमा वेरोजगार जनशक्तिलाई रोजगारीलाई प्राथमिकता दिइने भएको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कृषि र रोजगारीलाई प्राथमिकता राखेको बताए ।

खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विस्तार गरि थप २ लाख रोजगारीका लागि ११ अर्व ६० करोड बजेट विनियोजन गरेको बताए । रोजगार गुमेकालाई रोजगारमूलक शीप मूलक तालिम दिइने भएको छ । करिव ५० हजारलाई रोजगारी दिलाउन १ अर्व विनियोजन गरिएको छ ।

श्रम सूचना बैंकबाट थप ५० हजार रोजगारी, साना किसान कर्जा कार्यक्रमबाट थप ४० हजार रोजगारी, कृषि लघु तथा साना उद्योगमा १ लाख ५० हजार रोजगारी सिर्जना गरिने भएको । विदेशी कामदारलाई श्रम स्वीकृति नलिइ काम गर्न नपाउने व्यवस्थालाई कडाइ गरिने भएको छ ।
वैदेशिक रोजगार प्रवद्र्धन कोषलाई रोगारी पुनस्र्थापना गर्ने काममा पनि लगाइने भएको छ ।

सामाजिक सुरक्षालाई अनिवार्य बनाइने भएको छ । सामाजिक सुरक्षा कोषमा लकडाउनको अवधिको रकम सरकारले जम्मा गरिदिने भएको छ ।



प्रतिक्रिया दिनुहोस !