१५ चैत्र २०८०, बिहिबार

हुवावेका सात नयाँ उत्पादन नेपाली बजारमा

प्रकाशित मिति :  17 December, 2019 6:39 pm


काठमाडाैं, १ पुस

चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी हवावेले विभिन्न सात नयाँ उत्पादन नेपालमा सार्वजनिक गरेको छ । राजधानीमा आयोजित मिडिया मिटकाबीच मेट ३० प्रो फ्ल्यागसीप स्मार्टफोन समेतका उत्पादन सार्वजनिक गरेकाे हाे ।

हवावेको आफ्नै ‘हवावेमोबाइल सर्भिसेस’ (एचएमएस) राखिएको मेट ३० प्रो स्मार्टफोन गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम सिधै राखेर नआए पनि उपभोक्ताले सहजै एन्ड्रोइड वा अन्य कुनै अपरेटिङ सिस्टम राख्न मिल्ने अाेपन अाेएसमा अाधारित छ। साथै कम्पनीले अर्को स्मार्टफोन वाइ नाइन एस पनि सार्वजनिक गरिएकाे छ ।

हवावेको स्मार्टवाच जीटी टु र ब्यान्ड सिरिजमा ब्याड फोर ई र ब्याड फोर सार्वजनिक गरिएको छ । हवावेले सार्वजनिक गरेको अन्य उत्पादनहरूमा फ्रि बड्स थ्री इयरपड र प्र्रिmल्यान्स इयरफोन छन् । हवावेका आफ्नै प्रविधिहरू हवावेमोबाइल सर्भिस, हवावे डिभाइसेस, फाइभजी नेटवर्कहरू तथा एआईजडित एपहरू प्रयोग गरी उपकरणहरूलाई बिना कुनै समस्या कनेक्ट हुनका सो खुलाइको सिस्टम सघाउने हवावेको प्रतिबद्धता छ ।

कम्पनीले सार्वजनिक गरेका उत्पादनको मूल्य पनि सार्वजनिक गरेको छ । नेपालमा हवावेमेट ३० प्रोको सुरुवाती मूल्य १ लाख २९ हजार ९ सय तोकिएको छ भने वाइ नाइन एसको मूल्य भने पछि सार्वजनिक गर्ने बताइएको छ । बाच सिरिजको हवावे वाच जीटी टु (४६ एमएम) को मूल्य २९ हजार ९ सय, हवावे ब्यान्ड फोरको ४ हजार ४ सय र ब्याड फोर इको ३ हजार ४ सय मूल्य निर्धारण गरिएको छ । हवावे फ्रि वड्सको मूल्य २० हजार ९ सय र हवावे फ्री लेसको ९ हजार ९ सय तोकिएको छ । हवावेवाच जिटुको ४२ एमएम भर्सन र वाइ नाइनको मूल्यपछि सार्वजनिक गर्ने जनाइएको छ ।

नेपालमा भूकम्पको समयमा सगरमाथा आधार शिविरलगायतका विकट क्षेत्रमा टेलिकम्युनिकेसन उपकरण राख्न पनि महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । हवावे विश्वबजारमा दोस्रो ठूलो स्मार्टफोन सप्लायर हो र सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म २०० मिलियन युनिटहरू निर्यात गरिसकेको छ । यो आँकडा अघिल्ला वर्षको तुलनाम २६ प्रतिशतले वृद्धि भएको हो । हवावेको इकोसिस्टम उत्पादनहरूमा पनि वृदि भएको छ जस्तै पर्सनल कम्प्युटरको बिक्रीमा २१४ प्रतिशतले, ट्याब्लेट १० प्रतिशतले, स्मार्ट अडियो २६० प्रतिशतले तथा वेयरेबल उत्पादनहरूमा २७२ प्रतिशतले वृद्धि भएको ह्वावेको तथ्यांक छ ।

हवावेले सन् २०१९ को पहिलो तीन त्रैमासिकमा ८५.६ अर्ब डलर आम्दानी गरेको छ । जुन अघिल्ला वर्षहरूको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको हो । विश्वभरिबाट नै हवावेले ६० भन्दा धेरै फाइभजी व्यावसायिक सम्झौताहरू प्राप्त गरेको र ४ लाखभन्दा धेरै फाइभजी बेस स्टेसनहरू स्थापना गरिसकेको हवावे नेपालका प्रमुख कार्यकारी अधिकृत डेनी डेंगले बताए । नेपालको आईसिटी क्षेत्रमा हवावेले २० वर्षदेखि पु-याएको सेवाका समीक्षा गर्दै उनले डिजिटल नेपालको भौतिक आधार निर्माण गर्न सघाउँदै आएको बताए । नेपालको झन्डै ३ करोड जनसंख्या हवावेको सलुसनबाट प्रत्यक्ष रूपमा लाभान्वित र पछिल्लो २० वर्षको अवधिमा ह्वावेले नेपालमा प्रत्यक्ष अप्रत्यक्ष १० हजारभन्दा बढी रोजगारीहरू सिर्जना गरिसकेको जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !