१५ चैत्र २०८०, बिहिबार

रोनाल्डिन्होलाई हिरासतमा राख्न अदालतको आदेश

प्रकाशित मिति :  8 March, 2020 4:17 pm


२५ फागुन, एजेन्सी । नक्कली कागजात प्रयोग गरेको अभियोगमा पक्राउ परेका ब्राजिलीयन फुटबलर रोनाल्डिन्होलाई पुर्पक्षका लागि हिरासतमा राख्न पराग्वेको अदालतले आदेश दिएको छ ।

गत बुधबार पक्राउ परेका रोनाल्डिन्होलाई शनिबार अदालतले हिरासतमा राख्न अनुमति दिएको हो । रोनाल्डिन्हो आफ्नो वकिलसहित शनिबार अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीस क्लारा रुइज डियाजले दुवैले पराग्वेको हितविरुद्ध गम्भीर अपराध गरेको जनाउँदै उनीहरुलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

रोनाल्डिन्होसँगै उनका भाइ रोबर्टो पनि पक्राउ परेको थिए । दुवैले पराग्वेको नक्कली पासपोर्ट बोकेको कारण पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिन्हो मुख्य खेलाडी रहेका रोनाल्डिन्होसँग भने अहिले ब्राजिलको पासपोर्ट समेत छैन । सन् २०१८ मा वातावरणीय जरिवानासँगै उनको पासपोर्ट खोसिएको थियो ।

फिफा प्लेयर अफ दि इयर, बालोन डीुओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।



प्रतिक्रिया दिनुहोस !