७ बैशाख २०८१, शुक्रबार

तीन दशक नाघ्याे वर्ल्ड वाइड वेब (डब्ल्युडब्ल्युडब्ल्यु)

प्रकाशित मिति :  12 March, 2020 11:15 pm


काठमाडाैं, २९ फागनु ।

वर्ल्ड वाइड वेब (डब्ल्युडब्ल्युडब्ल्यु) ३० वर्ष पुरा गरि ३१औँ वर्षमा प्रवेश गरेको छ । विश्वभर इन्टरनेटकाे प्रयाेगकाे ढाेका खाेलेकाे डब्लुडब्लुडब्लुकाे १२ मार्चबाट नै भएको थियो ।

३१औँ स्थापना वर्षको अवसरमा डब्ल्युडब्ल्युडब्ल्युका फाउन्डर टिम बर्नर्स लीले ३१औँ वर्षमा प्रवेश गरेपनि आफुहरुले इन्टरनेट महिलाहरुको लागी सुरक्षित बनाउन आवस्यक रहेको बताएका छन । टिमले विश्वका अलग अलग सरकारहरु र टेक कम्पनीहरुलाई इन्टरनेटमा लैगिंक समानता बढाउने काम प्रमुख रुपमा गर्न आग्रह पनि गरे ।

टिमले आफ्नो ओपन लेटरमा डब्ल्युडब्ल्युडब्ल्यु ले महिलाहरु र युवतीहरुको पक्षमा काम नगरेको बताएका छन । उनले महिला, बालीकाहरु र एलजीबिटीक्यू समुदायका मानिसहरु इन्टरनेट एब्युजको सिकार हुनु पर्ने उल्लेख गर्दै विश्वका सबै महिलाहरु र पुरुषहरुले यसको बारेमा सोच्न आवश्यक रहेका जनाएका छन् । उनले लैगिंक समानता र महिला अधिकार एउटा सभ्य समाजका लागी आवस्यक रहेको जनाएका छन । यसबाहेक उनले विश्वका फरक फरक क्षेत्रमा इन्टरनेटको प्रयोगमा महिला र पुरुष बिच रहेको भिन्नताको एक आंकडा पनि शेयर गरेका छन ।

टिमले आफ्नो ओपन लेटरमा महिलाहरु इन्टरनेटमा सुरक्षित नरहेको पनि उल्लेख गरेका छन । उनले एक रिर्पोटलाई उदृत गर्दै इन्टरनेटमा ५० प्रतिशत महिलाहरुले कुनै न कुनै रुपमा ‘अनलाईन एब्युज’को सामना गर्नु पर्ने र यसैका कारण कयौँ महिलाहरुले आफ्नो जागिर तथा कयौँ प्रभावशाली महिलाहरुले आफ्नो सोशल मिडिया अकाउन्ट बन्द गर्नु परेको जनाएका छन । वर्ल्ड वाइड वेब फाउन्डेशनकोआकंडा अनुसार इन्टरनेटमा महिलाहरु निकै पछि रहेका छन । फाउन्डेशनले विश्वका फरक फरक क्षेत्रहरुको तथ्यांक सार्वजनिक गरेको छ ।

यस रिर्पोटमा दक्षिण एशियाको मात्रै १८ प्रतिशत महिलाहरुले इन्टरनेट प्रयोग गर्ने डाटा रहेको छ । त्यस्तै साउथ ईस्ट एशियाका ६० प्रतिशत महिलाहरु, ईस्ट एशियाका ८३ प्रतिशत महिलाहरु र सेन्ट्रल एशियाका ५७ प्रतिशत महिलाहरुले इन्टरनेट प्रयोग गर्ने देखाइएको छ । यी ठाउँहरुमा महिलाहरुको तुलनामा धेरै पुरुषहरुले इन्टरनेट प्रयोग गर्ने तथ्यांकमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !