८ बैशाख २०८१, शनिबार

वानप्लस ८ का सबै फोन ५ जी प्रविधियुक्त हुने

प्रकाशित मिति :  12 March, 2020 11:59 pm


काठमाडाैं, ३० फागुन । 

फ्यानबेस कम्पनी वनप्लसको नयाँ स्मार्टफोन वनप्लस ८ सिरिजका सबै स्मार्टफाेन ५जी प्रविधियुक्त हुने भएका छन् । वनप्लसका सिईओले याे विषयलाइ पक्का गरेका हुन् ।

वनप्लसका सिईओ पिट लिउले वनप्लस ८ को सबै भेरियन्ट ५जी हुने बताएका हुन । साथै उनले प्रविधिको प्रयोग गर्नको लागी मानिसहरुले अब आफ्नो खल्ति पहिलेभन्दा दह्रो बनाउनु पर्ने पनि जनाएका छन ।

यसबाट कम्पनीको आउदो स्मार्टफोनहरु अन्य ५जी स्मार्टफोनहरुको तुलनामा बढि मुल्यको हुनसक्ने अनुमान लगाइएको छ । वनप्लसका सिईओले एक एजेन्सीसँगको कुराकानीमा वनप्लस ८ को फोन ५जी प्रविधिको हुने र यसबारे आफुहरुले पहिले नै हिन्ट दिईसकेको तर हाल यो कुरा पक्का भएको बताएका छन्।

यसबाट कम्पनीको आउँदो फोनमा नयाँ प्रविधिको प्रयोग हुने र यसको मुल्य पनि अन्यको तुलनामा महँगो हुन सक्ने पक्का भएको छ । साथै उनले वनप्लस ५जी मा भईरहेको तिव्र वृद्धिको लाभ ग्राहकहरुलाई दिन चाहेको पनि उल्लेख गरेका छन ।

त्यस्तै वनप्लससँग जोडिएका एक अधिकारीले कम्पनीले यसमा लगातार टेस्टिंग गरिरहेको र अप्रिल सम्ममा यि स्मार्टफोनहरुलाई भारतमा लन्च गर्न सक्ने सम्भावना रहेको बताएका छन् । साथै उनले ५जीको लागी कम्पनीले लगातार टेलिकम सर्भिस प्रोभाइडरहरुसँग सम्पर्क गरिरहेको पनि बताएका छन ।



प्रतिक्रिया दिनुहोस !