१३ बैशाख २०८१, बिहिबार

ह्वावे पि ४० सिरीजमा पाँच रियर क्यामरा

प्रकाशित मिति :  12 March, 2020 11:31 pm


काठमाडाैं, ३० फागुन । 

चिनियाँ स्मार्टफोन मेकर कम्पनीले ह्वावेले आउँदो २६ मार्चमा पि ४० सीरीजका स्मार्टफोन लन्च गर्ने भएको छ । यस सीरीज अन्तर्गत कम्पनीले तिन नयाँ पि ४०, पि ४० प्रो र पि ४० प्रिमियम एडिशनलाई लन्च गर्ने छ ।

कम्पनीले पि४० सीरीजको लन्च इभेन्ट पेरिसमा हुने पक्का गरेको छ । लन्च डेट पक्का गर्दै कम्पनीले फोनको टिजर पनि सार्वजनिक गरको छ । टिजरमा फोनको केहि स्पेशिफिकेशनहरुको जानकारी रहेको छ ।

कम्पनीले आफ्नो नयाँ स्मार्टफोनमा उत्कृष्ट क्यामरा सेटअप रहने दाबी गरेको छ । फोनको रियरमा ५ वटा रियर क्यामरा हुने छ । केहि रिर्पोटहरुमा ह्वावेको पि४० मा ड्युल फ्रन्ट क्यामरा सेटअप रहने दाबी समेत गरिएको छ ।

हालैमा आएको एक लीकमा फोनको सबै स्पेशिफिकेशनहरुको खुलासा गरिएको छ । लीकमा यी फोनहरुमा ५२ मेगापिक्सलको सोनी आईएमएक्स७०० हेक्साडेका बायर लेन्स, ४० मेगापिक्सलको सोनी आईएमएक्स६५० अल्ट्रा वाइड सेन्सर, ३एक्स अप्टिकल जूम टेलीफोटो लेन्स, १०एक्स अप्टिकल जुमसँगै ड्युल प्रिज्म पेरिस्कोप जूम लेन्स र एक टाइम अफ फ्लाइट सेन्सर रहने छ । यस फोनको मेन सेन्सर सोनीको कस्टम डिजाइन वाला हुनेछ जसमा १६-इन-वान टेक्नोलोजी रहन सक्ने छ ।

ह्वावेको पि४० प्रो मा चारैतिरबाट कर्व्ड रहेको ६.७ इन्चको एमोलेड स्क्रिन रहेको उल्लेख गरिएको छ । १२ जीबी र्याम सम्म रहने यस फोनमा किरिन ९९० ५जी चिपसेट को प्रयोग गरिएको छ । हुवावेको यस अपकमिंग स्मार्टफोनको टक्कर सामसङको नयाँ स्मार्टफोन सामसङ एस२० अल्ट्रासँग हुने चर्चा पनि चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !