४ बैशाख २०८१, मंगलबार

१ सय २४ बर्षको ईतिहासमा ओलम्पिक पहिलो पटक स्थगित, एक बर्षपछि धकेलियो

प्रकाशित मिति :  25 March, 2020 8:48 am


एजेन्सी, १२ चैत । जापानमा यसैबर्ष हुने टोकियो ओलम्पिक खेल एक बर्ष पछाडी सरेको छ । विश्वभर कोरोना भाइरसको महामारी देखिएपछि जापानले ओलम्पिक एक बर्षका लागि पछाडी सार्न सहमति जनाएको हो ।

जापानका प्रधानमन्त्री सिन्जो आवेले अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचसँग छलफल गरेपछि खेल पछाडि सार्ने सहमति भएको हो । आवेले भनेका छन्,‘मैले एक बर्षका लागि खेल सार्न आग्रह गरे र अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्षले त्यसमा सतप्रतिशत सहमति जनाएका छन् ।’

अब ओलम्पिक खेल सन् २०२१ मा हुने छ । १ सय २४ बर्षको ईतिहासमा ओलम्पिक स्थगित भएको यो पहिलो पटक हो । यसअघि तीन पटक खेल रद्ध भएको थियो तर स्थगित भने पहिलोपटक हो । ओलम्पिकका लागि जापानले १२ दशमलव ६ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ । खेल सरेसँगै जापानलाई आर्थिक भार पर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । तर ओलम्पिक सार्न ढिलो गरेकोप्रति भने कतिपयले आश्चर्य व्यक्ति गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !