१६ चैत्र २०८०, शुक्रबार

गीतकार अधिकारीले बनाए “बाजा बजाउदै” बाट नयाँ रेकर्ड

प्रकाशित मिति :  26 March, 2020 8:57 am


गीत सार्बजनिक भएको २४ घन्टामा लाखौ लाख भ्युज पाएर युट्युबमा सर्बाधिक हेरिएको गीत को रेकर्ड नेपाली गीतहरुले राखिसकेका छन । नाइलनको सारी , रुपै मोहनी , परान परान ,धन बिनाको मन जस्ता गीत यस्का उदाहरण हुन । जस्ले एक अर्काको रेकर्ड तोड्दै इतिहास बनाएका छन । कुटुमा कुटु बोलको गीत नेपाली गीत मध्य सर्बाधिक हेरिने गीतको सुचिमा छ । जस्को रेकर्ड तोडिन भने मुस्किल जस्तै छ अब । यी गीत हरु युट्युब को ट्रेन्डिङ मा पर्दै नम्बर वान ट्रेन्डिङमा रहि सकेका गीत हुन । प्राय ट्रेन्डिङ मा परेका गीतहरुलाई दर्शक श्रोताले रुचाएको गीतको कोटिमा राखिन्छ अर्थात हिट लिस्टमा राखिन्छ । ट्रेन्डिङमा पर्दा अधिकाम्स गीतले लाख माथीको भ्युज पाइसकेका हुन्छन । तर गत सोमबार रिलिज भएको “बाजा बजाउदै” बोलको गीतले भने नयाँ रेकर्ड

बनाएको छ । उक्त गीतले ट्रेन्डिङमा आउन २४ घन्टामा लाखौ भ्युज कुर्नु परेन । दर्शकको माया बटुल्दै ट्रेन्डिङ को ४९ औ नम्बर बाट अघिबढेको यो गीत ४२ हजार भ्युज हुँदा ट्रेन्डिङको पनि ४२ औ स्थान मा उक्लियो । यो नेपाली गीत संगीतको इतिहासमा नयाँ रेकर्ड मानिएको छ । यस्का गीतकार लोकराज अधिकारी भन्छन – “हामी पनि अचम्म पर्यौ कतिपय गीत १ दिनमा ४/५ लाख भ्युज पाउँदा पनि ट्रेन्डिङमा परेका हुदैनन हाम्रो गीतले नयाँ रेकर्ड बनायो । सायद कोरोना त्रासका कारण अन्य नेपाली गीत रिलिज नभएको ले “बाजा बजाउदै” यो अबसर पाएको हुनसक्छ । अहिले लाख माथी को भ्युज बटुल्दै ट्रेन्डिङको ३१ औ नम्बरमा छ । हामी सम्पुर्ण दर्शक स्रोतालाइ धन्यवाद दिन्छौ गीतकार अधिकारीले भने । “बाजा बजाउदै ” बोल को गीतको म्युजिक भिडियो सागर लम्साल “बले” र प्रीज्मा खतिवडा प्रीन्सी खतिवडा र प्रदिप लिम्बू को अभिनय रहेको छ । सुजाता केसि र अर्जुन पोख्रेलको आवाज अनि पोख्रेलकै संगीत रहेको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन । अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन । भिडियो द डिभाइन म्युजिकको युटुब बाट सार्बजनिक गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !