४ बैशाख २०८१, मंगलबार

प्रेस काउन्सिलद्धारा ३६ वटा अनलाइन सञ्चारमाध्यमलाई स्पष्टिकरण, १४ वटा बन्द

प्रकाशित मिति :  30 March, 2020 8:33 pm


काठमाडाैं, १७ चैत ।

प्रेस काउन्सिल नेपालले ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण सोध्दै १४ वटालाई देशैभरिबाट प्रकाशन/प्रसारण नहुने गरी बन्द गरेको छ ।
चैत १० गतेदेखि हालसम्म कोरोना भाइरसबारे अनावश्यक हल्ला चलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने अनलाइनहरुलाई स्पष्टीकरण सोधिनुका साथै १४ वटालाई ब्लक गरिएको प्रेस काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिलले दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण सोधेको छ भने दर्ताबिना नै सञ्चालन गरेर जथाभावी भ्रम फैलाउने समाचार प्रकाशन गर्ने १४ अनलाइन सञ्चारमाध्यमहरुलाई भने बन्द गरेको छ ।

काउन्सिलले पत्रकार आचारसंहिता विपरित कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने खालका समाचार सन्देश प्रवाह गर्ने अनलाइन सञ्चारमाध्यमहरुलाई कारवाहीको दायरामा ल्याइएको काउन्सिलले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !