८ बैशाख २०८१, शनिबार

कृषि तथा पशुपंक्षी मन्त्रालयकाे कृषि तर्फका सचिवमा भारीकाे पदस्थापना

प्रकाशित मिति :  31 March, 2020 4:24 pm


काठमाडाैं, १८ चैत । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाे नयाँ कृषि सचिवमा राजेन्द्र प्रसाद भारीलाइ पदस्थापना गरिएकाे छ । यससँगै मन्त्रालयमा सिक्त रहेकाे सचिव (कृषि तर्फ) काे पदले पूर्णता पाएकाे छ । मन्त्रालयमा रहेकाे दुइ सचिवकाे पदमध्ये पशुपंक्षी विकास तर्फकाे सचिवकाे रूपमा प्रकाश कुमार माथेमा कार्यरत छन् ।

प्रधानन्त्री केपी शर्मा ओलीकाे मृगाैला अप्रेसन अघि मन्त्रालयबाट सिफारिसकाे फाइल अगाडि बढाइएकाेमा गत आइतबारकाे मन्त्रीपरिषद्काे वैठकले सिफारिसमा परेका मध्ये भारीलाइ सचिव पदस्थापनाकाे निर्णय गरेकाे हाे । हाल कृषि कर्णाली प्रदेशका कृषि सचिवकाे रूपमा कार्यरत भारीले संघीय कृषि मन्त्रालयकाे सचिवकाे पद सम्हाल्नेछन् । कर्णालीका नयाँ सचिव पठाउने तयारी भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।

तत्कालीन सचिव डा. युवकध्वज जिसीले राजिनामा दिएपछि गत माघ मसान्तदेखि सचिव पद खालि थियाे । खाली कृषि सचिवकाे पदमा बढुवाका लागि भारीसँगै हाल बागमति प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवका रूपमा कार्यरत डा. याेगेन्द्र कुमार कार्की र कर्णालीका उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्ण प्रसाद अाचार्य सिफारिसमा परेका थिए ।



प्रतिक्रिया दिनुहोस !