१६ चैत्र २०८०, शुक्रबार

लकडाउनको दोस्रो हप्ता सकिनै लाग्दा यस्तो देखिदैछ काठमाण्डौं (फोटो फिचर)

प्रकाशित मिति :  5 April, 2020 2:00 pm


काठमाण्डौं, २३ चैत ।

कोरोना भाइरस फैलने नदिन सरकारले घोषणा गरेको लकडाउन अवधि दोस्रो हप्ताको अन्तिमतिर पुग्दैछ । लकडाउनका कारण अत्यावश्यक बाहेक आवातजावात पूर्ण रुपमा रोकिएको छ ।

हिजोदेखि सरकारले एक स्थानीय निकायबाट अर्को स्थानीय निकायमा जान समेत रोक लगाएको छ । यसको राजनीतिक, आर्थिक तथा सामाजिक हिसाबकिताबको लेखाजोखा त हुँदैछ ।

वातावरणीय दृष्टिकोणबाट पनि बन्दाबन्दीको मूल्याङक्न हुँदैछ । अर्थात अन्य क्षेत्रमा नकारात्मक असर परेपनि पर्यावरणमा सुधार हुने छ । लकडाउन भएको दुइहप्ता सकिनै लाग्दा काठमाण्डौं कस्तो देखिदैछ छ त ? हेरौं काठमाडाैं उपत्यकाका केही दृश्यहरु :

काठमाडाैं प्रवेश गर्ने मुख्य नाका थानकाेटकाे दृष्य
सुनसान कलंकी अण्डरपास ।
काेटेश्वर सूर्यविनायक सडक खण्ड ।
शान्त भक्तपुर सिद्धपाेखरी । सामान्य अवस्थामा दिनभरजसाे भिडभाड हुन्छ यहाँ ।
पशुपतिनाथ मन्दिर ।
पशुपति अार्यघाट । लास जलाउन ल्याउने संख्या पनि घटेकाे छ ।
पर्यटक बिनाकाे स्वयम्भु।
मस्त निद्रामा स्वयम्भुका बाँदर । एकाध मान्छे मात्र जाँदा बाँदरकाे समूह नै जाइलाग्ने गरेकाे छ ।

शब्द/तस्वीर: असिम थापा



प्रतिक्रिया दिनुहोस !