८ बैशाख २०८१, शनिबार

प्रदेश ५ सरकारद्धारा कोभिड-१९ ट्रयाकिङ तथा सूचना प्रणाली सुरु

प्रकाशित मिति :  5 April, 2020 5:49 pm


रुपन्देही, २३ चैत । प्रदेश-५ सरकारले कोरोना भाइरसबारे जानकारी दिन र प्रदेशभरका सूचना आदानप्रदान गर्न कोभिड-१९ ट्रयाकिङ तथा सूचना प्रणाली सुरु गरेको छ ।

अब मोबाइल एप्स प्रयोग गरेर प्रदेश—५ का नागरिकले कोरोनाबारे जिज्ञासा राख्न र जानकारी लिन पाउने छन् । मोबाइल प्रयोगकर्ताले www.cm.p5.gov.npबाट एप्लिकेशन प्राप्त गर्न सक्नेछन् ।

अब आफूलाई शंका लागेमा कोरोना भाइरसबारे जानकारी मोबाइल एप्सबाटै लिन सकिने छ । मोबाइल एप्लिकेशन सञ्चालनमा आएकाले प्राप्त सूचनाका आधारमा सम्बन्धित व्यक्तिलाई कोरोण लक्षण भएन नभएको आँकलन गरेर जानकारी दिईने छ ।

यदी कोराना भाइरसको लक्षण जस्तो देखिए उपचारका लागि सिफारिस गरिने छ । मुख्यमन्त्री शंकर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले निकालेको विज्ञप्तिमा भनिएको छ,‘यस एप मार्फत लोकेशनसहितको स्वास्थ्य विवरण संकलन हुने भएकाले स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पुग्न मद्धत पुग्ने छ ।’

मुख्यमन्त्रीको कार्यालयले भर्खरै विदेशबाट नेपाल आएका व्यक्तिहरु क्वारेन्टाइनमा बसे नबसेको विवरण समेत यस एप मार्फत पठाउन सकिने जनाएको छ ।
एप प्रयोगकर्ताले कोभिड—१९ सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय तथ्याङ्क एव समाचारहरुसमेत प्राप्त गर्न सकिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !