१२ बैशाख २०८१, बुधबार

रूप फेर्दै काेराेनाः मान्छेबाट बाघमा सर्याे

प्रकाशित मिति :  6 April, 2020 10:40 am


काठमाडाैं, २४ चैत । 

अमेरीकाको एक चिडीया खानामा बाघलाई समेत कोरोना भाइरस संक्रमण भएको भेटिएको छ ।

ब्रोंक्स चिडियाखानाले तीन बाघ मध्ये एक बाघ कोरोनाभाइरस पजिटिभ भएको जानकारी गराएको छ । अन्य तीन बाघ र तीन सिंहमा कोरोनाभाइरसका लक्षण सुख्खा खोकी देखिएको छ ।

चिडियाखानाले एक विज्ञप्ति जारी गरी गर्दै द युएसडीए नेशनल भेटरिनरी सर्भिस ल्याब्रटरीले नादिया नाम गरेकी ४ वर्ष उमेर भएको एक पोथी बाघमा कोभिड–१९ पजिटिभ देखिएको जनाएको छ ।

नादियाकी बहिनी अजुल र दुई अमुर बाघ र तीन अफ्रिकी सिंहमा सुख्खा खोकीको लक्षण देखिएको छ ।

चिडियाखानाका अधिकारीहरूले ती जनावरहरू निको हुने विश्वास व्यक्त गरेका छन् ।

बाघमा कोरोनाभाइरस देखिएको औपचारिकरूपमा यो पहिलो घटना सार्वजनिक भएको छ । बाघको हेरालरबाट भाइरस संक्रमित हुन सक्ने आंशका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !