८ बैशाख २०८१, शनिबार

कृषक महासंघको अपिलः तत्काल किसान विशेष प्याकेज र कृषि-खाद्य संस्कृति बचाउन विशेष योजना बनाउ

प्रकाशित मिति :  6 April, 2020 2:26 pm


अम्बिका शर्मा

काठमाडौं, २४ चैत ।

कोरोना (कोभिड १९) बाट कृषि क्षेत्र सबैभन्दा प्रभावित बनेको भन्दै राष्ट्रिय कृषक समूह महासंघले कृषि क्षेत्र जोगाउन सबै पक्षसँग आव्हान गरेको छ ।

आज ७ बुँदे आव्हान पत्र जारी गर्दै महासंघले कृषि र खाद्य संस्कृति जोखिममा परेको भन्दै सब मिलेर जोगाउनुपर्ने धारणा राखेको हो ।

कोरोना लक्षित गतिविधिलाई थप कसिलो र ब्यापक बनाउदै नियन्त्रणमा लिने सरकारी नीतिको समर्थन गर्दै महासंघले कृषि कर्मलाई निर्वाध रुपमा अगाडि मातहतका निकायलाई सहयोग गर्न आव्हान गरेको छ ।

‘कोरोना महामारिबाट बच्न आम नागरिकलाई सरकारले गरेको आहवान र चालेका कदममा पूर्ण सहयोग गर्न राष्ट्रिय कृषक समूह महासंघ नेपालका सम्पूर्ण तहगत संरचनाहरु (प्रदेश, जिल्ला पालिका, कृषक समूहहरु) एवं आम नेपाली दाजुभाई तथा दिदि, बहिनीहरु समक्ष महासंघ परिवार हार्दिक अनुरोध गर्दछ,’ अपिलमा भनिएको छ ।

महामारीको समयमा किसान विशेष प्याकेज घोषणा गरी किसान समुदायलाई थप हौसलाको लागि मल, विउ, कृषि विमा औजारमा अनुदानलाई वृद्धि तथा सहजीकरण गर्दै तत्काल र दीर्घकालमा कृषि जोगाउन सरकारसँरुग अपिल गरेको छ ।

‘प्रकृतिसँग पौठाजोरी खेल्दै कृषि संस्कृतिलाई बचाउँदै आएका किसान वर्ग र कृषि क्षेत्रमा पर्न गएको प्रभावले तिनै किसानहरुको छाता संगठन महासंघलाई थप चिन्तित बनाएको छ, कृषि पेशा अन्य पेशा भन्दा विशिष्ट प्रकृतिको छ,’ अपिलमा भनिएको छ, ‘समयमा खेती लगाउन सकिएन भने यसले भविश्यमा समेत पिरोल्छ, कृषि प्रणालीमा परेको प्रभावले कृषि उपजको उत्पादकत्व र खाद्यन्न आपूर्तिमा समेत दुरगामी असर पार्दछ जसको असर अहिले नै किसानमा पर्न थालिसकेको छ ।”

सिमान्त समुदाय, मजदुर र श्रमिकको लागि तत्काल आवश्यक खाद्यान्नको पूर्वानुमान र योजना बनाई श्रोतको खोजीमा लाग्न, अ‍ैंचौ—पैचौ संस्कृति र सहयोगी नेपाली भावनालाई योजनाबद्ध रुपमा सदुपयोग गर्दै स्थानीय सरकारको नेतृत्वमा नागरिक समाजलाई परिचालन गर्नुपर्ने, उत्पादनका लागि आवश्यक सामाग्रीहरुको सर्बसुलभ रुपमा उपलब्धता एवं कृषि कर्म (खेति पद्धती)को निरन्तरता, कृषि उपजहरुको विक्रि वितरणको लागि उचित वातावरण मिलाउन र नेपाल सरकारले गरेका अनुरोध अनुरुप परस्पर दुरी कायम राखी खेतीपातीको काम नरोक्न आव्हान गरिएको छ ।

अपिल:



प्रतिक्रिया दिनुहोस !