१५ चैत्र २०८०, बिहिबार

राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त

प्रकाशित मिति :  6 April, 2020 5:05 pm


काठमाण्डौं, २४ चैत ।

नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अधिकारीलाई गर्भनरमा नियुक्त गरेको हो ।

राष्ट्रबैंकका पूर्व डेपुटी गर्भनर अधिकारी अहिले लगानी बोर्डको कार्यकारी अधिर्कत रहेका छन् ।

अघिल्लो पटक गर्भनरको सिफारिसमा परेपनि असफल भएका थिए ।

पाँच बर्षे कार्यकाल पुरा गर्दै डाक्टर चिरञ्जीवि नेपाल चैत ४ गते राष्ट्र बैंकबाट बिदा भएपछि रिक्त पदमा अधिकारी नियुक्त भएका हुन् ।

गर्भनर नियुक्तिका लागि मन्त्रीपरिषद् बैठकले गत चैत ९ गते अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा समिति गठन गरेको थियो ।

खतिवडा संयोजकत्वको समितिले राष्ट्र बैंकका कामु गर्भनर चिन्तामणी सिवाकोटी, महाप्रसाद अधिकारी र पूर्व अर्थसचिव डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

गर्भनरको रुपमा अधिकारीले पाँच बर्ष जिम्मेवारी सम्हाल्ने छन् ।



प्रतिक्रिया दिनुहोस !