१५ चैत्र २०८०, बिहिबार

कोरोना : बेलायतका प्रधानमन्त्रीलाईआसियूमा सारियो, अमेरीकामा मृत्युको संख्या १० हजार नाघ्यो

प्रकाशित मिति :  7 April, 2020 7:25 am


एजेन्सी, २५ चैत ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई इन्टेन्सिव केयर यूनिट(आसियू)मा सारिएको छ ।

कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री बोरिसको अवस्था विग्रएपछि आइसियूमा सारिएको हो । उनी होसमा भएपनि स्थिति बिग्रीएको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

१० दिन पहिले प्रधानमन्त्री बोरिसलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

सुरुमा प्रधानमन्त्री कार्यालयमै आईसोलेशनमा रहेका उनलाई आइतबारमात्रै नियमित जाँचका लागि अस्पताल भर्ना गरिएको थियो ।

सुरमा आफै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेपनि आईसियू भर्नाभएपछि विदेशमन्त्री डोमिनिक राबलाई कार्यवाहकको जिम्मेबारी दिएका बीबीसीले जनाएको छ ।

भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणका संक्रमितको संख्या ४ हजार २ सय ८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ४ जना नयाँ संक्रमित भेटिएका छन् र २८ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा १ सय ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यसले भारतमा कोरोना तिब्र रुपमा फैलिएको देखिएको छ ।

कोरोनाका कारण विश्वभर मर्नेको संख्या ७३ हजार भन्दा बढी पुगेको छ भने १३ लाख संक्रमित बनेका छन् ।

विश्वमा सबैभन्द धेरै मृत्यु इटलीमा भएको र अहिलेसम्म १६ हजार ५ सय २३ जनाको ज्यान गईसकेको छ ।

यद्धपी मृत्युको संख्या केही घट्न थालेको छ ।

संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा ३ लाख ६४ हजार संक्रमित बनेका छन् । मृत्युको संख्या १० हजार पार गरेको छ ।



प्रतिक्रिया दिनुहोस !