१३ बैशाख २०८१, बिहिबार

काेभिड १९ का बिरामीमा बीसीजी खोप प्नयाेग, अध्ययन भन्छ : नलगाउने मुलुकमा मृत्य दर बढी

प्रकाशित मिति :  7 April, 2020 9:18 am


काठमाडौं, २५ चैत ।

काेराेना (काेभिड १९) काे उपचारमा क्षयरोग (टीवी) रोक्न जन्मदै लगाइने बीसीजी (बासीलस कलमिट गुएरन) खोपकाे प्रयाेग समेत गर्न थालिएकाे छ । चिकित्सकहरूले याे खाेपले पनि राम्राे काम गरेकाे बताइरहका छन् ।

अर्काे एक अध्ययनमा बीसीसी नलगाउनेमा कोभिड १९ को प्रभाव बढी हुने देखिएको छ । वैज्ञानिकहरुले गरेको नयाँ तथ्यांक विश्लेषण प्रतिवेदन अनुसार यस्ता मुलुकमा मृत्युदर दश गुणासम्म बढी छ ।

अमेरिका र बेलायतका चिकित्कहरुले १७८ देश मुलुकमा गत मार्च देखि २४ सम्मको तथ्यांकलाई गरिएको अनुसन्धानले खोप लगाउने नीति भएका मुलुकमा मृत्यु कम भएको निष्कर्ष निकालेको हो ।

क्षयरोग प्रतिरोधी बीसीसी खोप नेपाल, भारत लगायतका विकासशील देशहरूमा बच्चा जन्मे लगत्तै दिइने गरिन्छ । यो खोप दिइने गरिन्छ ।

अमेरिका, इटली र नेदरल्याण्ड लगाएतका मुलुकमा भने यो खोप नीति लागु नभएको देखिन्छ ।

विश्वमा करिव एक सय वर्ष अघि बीसीसीकाे प्रयाेग गर्न थालिएकाे हाे । नेपालमा पनि याे खाेप अनिवार्य रूपमै लगाउने गरिन्छ ।

नेपालमा भने यस्ताे अध्ययन गरिएकाे छैन ।

किनकी नेपालमा हालसम्म काेराेनाका कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन । हालसम्म काेराेना संक्रमणकाे संख्या ९ रहेकाे छ भने ८ जना उपचाररत र १ जना निकाे भइसकेकाे तथ्यांक छ । दुइ दिन यता नयाँ संक्रमण फेला परेकाे छैन ।

 



प्रतिक्रिया दिनुहोस !