१६ चैत्र २०८०, शुक्रबार

रोल्पा नगरपालिकाद्धारा राहत वितरण सुरु

प्रकाशित मिति :  7 April, 2020 1:56 pm


फोटो: राेल्पा नगरपालिका नगरप्रमुखकाे सचिवालय

रोल्पा, २५ चैत ।

रोल्पा नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका अति बिपन्न र ज्याला मजदुरी गरीखाने परिवारलाई रहत वितरण सुरु गरेको छ । गरेको छ ।

नगरपालिकाले  मातहतका वडाहरुमा लक डाउनको समयमा मर्कामा परेका अति बिपन्न, गरिब घरधुरी, ज्यालामजदुरी गरेर दैनिकी गुजारा गर्ने घरपरिवारहरुलाई खाद्यान्नका सामाग्रीहरु प्रदान गर्न सुरु गरेको हो ।

रोल्पा नगरपालिका वडा नम्बर-४ को लिवाङ वडा कार्यालयमा उद्घाटन गरेर नगरपालिकाले १० वटै वडाबाट राहत बितरण सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

बिहान लिवाङ वडा कार्यालयमा-५ का प्रदेससभाका सदस्य दिपेन्द्र कुमार पुनले राहत वितरण सुरुवातको उद्घाटन गरे ।

हिजो बसेको सर्वदलीय सर्वपक्षीय निर्णय अनुसार वडाका जनप्रतिनिधि, वडाका विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, सरोकारवालाहरुको सहकार्यमा वडा नम्बर-४ मा बसोबास गर्ने अति बिपन्न, गरिब, दलित समुदाय, ज्याला मजदुरी गरेर परिवार छनौट गरी ९० घरधुरीलाई राहत बितरण गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार आज सबैलाई बोलाएर प्रतिब्यक्ति ५ केजीका दरले चामल, नुन, तेल, दाल बितरण गरिएको र घरको संख्या अनुसार ती राहतका सामाग्री प्रदान गरिएको वडा अध्यक्ष नवराज आचार्यले जानकारी दिए ।

वडा नम्बर ७ मा २९ घरधुरी अति बिपन्न, ज्यालामजदुरी गरेर दैनिकि चलाउने हरुलाई राहत बितरण गरिएको छ ।

वडा नम्बर-१ मा ३६ घरधुरी, २ मा ६० घरधुरी, ३ मा २१ घरधुरी, ६ मा १७ घरधुरी, ८ मा १३ घरधुरी, ९ मा १४ घरधुरी छनौट भएका छन् । वडा नम्बर ५ र १० मा पनि अति बिपन्न र गरिब घरधुरी छनौट भईरहेको छ ।

लक डाउनको समयमा रोल्पा नगरपालिकाले एक सय क्विन्टल चामल, ५ क्विन्टल दाल, ५ क्विन्टल नुन, ५ सय लिटर तेल खरिद गरेर सबै वडाहरुमा पुरयाउने गरी ब्यवस्थापन गरेको नगर प्रमुख पूर्ण केसीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !