१३ बैशाख २०८१, बिहिबार

अन्तर्राष्ट्रिय हवाई उडान बन्द बैशाख १८ गते सम्म

प्रकाशित मिति :  7 April, 2020 5:41 pm


फाईल फोटो

काठमाण्डौं, २५ चैत ।

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले बैशाख १८ गतेसम्म सबै उडान स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले बैशाख ३ गतेसम्मलाई उडान बन्द गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आउँदो दुईहप्ता अझै चुनोतिपूर्ण हुने बताएकै दिन समितिले हवाई उडानमा थप २ हप्ता प्रतिबन्द लगाउने निर्णय गरको हो ।

आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए ।

आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द गरिएको छ ।

बैठकले कोरोना भाइरसको संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा र्‍यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत विडारीले जानकारी दिए ।

उनले कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडिटी पद्धतिबाट शिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !