१५ चैत्र २०८०, बिहिबार

खाद्यान्न बोक्ने रोबोटको सफल परिक्षणः कोरोना नियन्त्रणमा सहयोगी हुने

प्रकाशित मिति :  14 April, 2020 10:25 am


काठमाडौं, २ चैत ।

रोबाटिक्स एशोसिएसन नेपाल (आएएएन) ले खाद्यान्न बोक्ने रोबोट तयार गरेको छ । महाराजगंज शिक्षण अस्पतालनमा सफल परिक्षण गरिएको रोबोट कोरोना नियन्त्रणका क्रममा उपयोगी हुने देखिएको छ ।

रोबोट निर्माण समूहका संयोजक पृथ्वी चौधरीले उपचारका क्रममा मानिस आवत जावत गर्न नमिल्ने आइसोलेसन रुममा रोबोट पठाएर रोबोटलाइ काम लगाउन सकिने बताए ।

एशोसिएसनले मंगलबार स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा पुनः परिक्षण गर्ने भएको छ ।

रोबोटिक्स नेपालले ड्रोन ¥यापिड रेक्पोन्स छिम कोभिड १९ नेपालसँगको सहकार्यमा काम गरिरहेको छ ।

कोरोना विरुद्धको लडाइमा नयाँ प्रविधिको प्रयोगका लागि इनोभेसन घर नेपाल, नेपाल फ्लाइङ ल्याब, नक्सा, मधुका ड्रोन सर्भिस, ड्रो नेपाल, ओजटेक, क्वाडकप्टर नेपाल, पार्टी नेपाल, पाराडायम टिभी लगाएतका कम्पनीहरुले ड्रोन लगायत प्रविधिमा काम गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !