१३ बैशाख २०८१, बिहिबार

इंग्लिस क्लव चेल्सीले च्यारिटीका रुपमा काम गर्ने

प्रकाशित मिति :  16 April, 2020 7:33 pm


काठमाडौं ४ बैशाख ।     इंग्लिस क्लव चेल्सीले कोरोना भाइरसको उपचारका लागि च्यारिटीका रुपमा काम गर्ने भएको छ । नेश्नल हेल्थ सर्भिससँग मिलेर चेल्सीले च्यारिटीका रुपमा ७८ हजार मानिसलाई सहयोग गर्ने भएको हो ।

चेल्सीले बुढा र कमजोर ब्यक्तिहरुलाई यो साताबाट नै सुरु हुने गरि सहयोग गरेको जनाएको छ । क्लवले विज्ञेप्ती निकाल्दै क्याटरिङ पार्टनर लेभीसँग मिलेर ६ सातासम्मका लागि निुसुल्का खानेकुरा वितरण गर्ने बताएको छ । एक सातामा १३ हजार खानेको सामाग्री दिइने बताए ।चेल्सीले पहिलो चरणमा नेश्नल हेल्थ सर्भिसका कर्मचारीलाई यो सेवा दिने

जनाएको छ । कोरोनाका कारण दिनरात उपचारमा रहेका एनएचएसका कर्मचारीले राम्रो खानेकुरा नपाएको भन्दै पहिलो चरणमा उनीहरुलाई सहयोग गर्ने जानकारी गरायो ।

जसमा चेल्सीले इम्पेरीयल कलेज हेल्थकेयरको माध्यमबाट पाँच वटा स्थानीय अस्पतालमा खानेकुरा बाढिने बताए ।



प्रतिक्रिया दिनुहोस !