१६ चैत्र २०८०, शुक्रबार

अनलाइन शिक्षाका लागि डिजिटल संरचना विकासमा जाेड

प्रकाशित मिति :  4 May, 2020 10:00 am


काठमाडाैं, २२ वैशाख । 

लकडाउन लम्बिदै जाँदा शैक्षिक क्यालेन्डर प्रभावित हुने देखिएपछि अनलाइन शिक्षामा बहस केन्द्रीत भएकाे छ ।

सराेकारवाला तथा विज्ञहरूले अनलाइन शिक्षा प्रभावकारी बनाउनका लागि ग्रामीण डिजिटल संरचना र गुणस्तरिय दूरसंचारमा पहुँच विस्तार गर्नुपर्नेमा जाेड दिएका छन्  ।

डिजिटर माध्यमकाे प्रयाेग गरि आयाेजित अनलाइन अन्तरक्रियामा केहि विश्वविद्यालय, कलेज तथा विद्यालयहरुले अनलाइन शिक्षा सुरु गरिसकेको भएपनि यसलाई दुरदराजसम्म पुर्याउन र निम्न स्तरका विद्यार्थीहरुले पनि लाभ लिनसक्ने वातावरण बनाउन डिजिटल इन्फास्ट्रक्चर र स्थानीय विषयवस्तुको विकासमा विशेष ध्यान दिनुपर्ने बताइएकाे छ ।

डिजिटल शिक्षा रुपान्तरणमा यो सुनौलो अवसर भएको भन्दै काठमांडौ विश्वविद्यालका प्रा.डा मनिष पोखरेलले नेपालमा ३ हजारको हाराहारीमा सामुदायिक तथा सरकारी विद्यालयहरु भएपनि त्यसमध्ये केहि प्रतिशतमा मात्र इन्टरनेट र ल्याबको व्यवस्था रहेको बताए ।

सरकारले मास्टरप्लान र अन्य योजनाहरु बनाएपनि प्रभावकारी नभएको कारण शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने   बताए । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सरकारले कनेक्टिभिटी तथा डिजिटल इन्फास्ट्रक्चरमा ध्यान दिएमा प्याब्सन डिजिटल एजुकेशनलाई अघि बढाउन तयार रहेको बताए ।

हाल विभिन्न प्याब्सन, कारखाना, जिइजिसँग सहकार्य गरि अनलाइन ट्रेनिङसँगै धेरै विद्यालयहरुमा अनलाइन कक्षाहरु सुरु गरेको बताए । शिक्षालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको पुरीको भनाई थियो ।

पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा सञ्चालन भएको डिजिटल संवादमा विभिन्न देश र विदेशबाट १ सय ६० जनाबढिको अनलाइन सहभागिता रहेको थियो । त्रिभुभव विश्वविद्यालयका एमसिएसआइटीका विभागिय प्रमुख नवराज पौडेलले कनेक्टिभिटी, लोकल कन्टेन्ट र शिक्षा कस्ट इफेक्टिभ बनाउनुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालयका टेक क्षेत्रीले अहिलेको अवस्थामा नै हामि पुर्णरुपमा अनलाइन शिक्षा दिन नसकिने बताउदै सरकारको विशेष योजना आउनुपर्ने बताए ।

पुर्वाञ्चल विश्वविद्यालय, मध्य पश्चिमाञ्चल विश्वविद्यालयका प्रतिनिधीहरुले पनि विभिन्न रिसोर्स र प्रविधिको व्यवस्थापन गर्दै अनलाइन कक्षामा प्रयास गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !