रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि शुक्रवार भारत जाँदै
प्रकाशित मिति : 22 October, 2026 10:23 pm
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक धार्मिक भ्रमणका लागि भारत जाने भएका छन्।
पार्टीको निजी सचिवालयले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार लामिछाने कात्तिक ६ गते शुक्रवारदेखि भारत भ्रमणमा जान लागेका हुन्।
भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाआराधना गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जनाएको छ।








