१५ बैशाख २०८१, शनिबार

धरानमा विमानस्थल नबन्ने निष्कर्ष पछि मन्त्री किराँतीविरुद्ध खनिए मेयर साम्पाङ, फेसबुकमा गालीको वर्षा

प्रकाशित मिति :  28 February, 2024 11:09 am


काठमाडौँ । नागरिक उड्यान प्राधिकरणले धरानमा एयरपोर्ट बन्न नसक्ने निष्कर्ष निकालेपछि धरानका मेयर हर्क साम्पाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती विरुद्ध खनिएका छन् ।

मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत मन्त्री किराँतीलाई असभ्य भाषामा गाली गरिरहेका छन्। मंगलबार नागरिक उड्डयन प्राधिकरणले धरान उप महानर क्षेत्रमा विमानस्थल निर्माण गर्दा विद्यामान हवाई नीति विपरीत हुने निष्कर्ष निकालेपछि उनले आक्रोश पोखेका हुन ।

उनले नियमावली संशोधन गरेर भए पनि विमानस्थल बनाउने मन्त्री किराँतलाई चेतावनी दिएका छन् । ,‘तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ । ज्यादा नखोक् । संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली थु‘’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

‘केही गर्छ कि भनेको ताइ न तुइको गफबाहेक अरू केही गरेन। मन्त्री भएपछि मन्त्रीजस्तो काम गरे पो यस भन्नु। राज्यको ढुकुटीको सत्यानाश मात्रै..’ भन्दै फेसबुकमा आक्रोश व्यक्त गरेका छन् ।

उनले मन्त्री किरातीले धरानलाई पछि पार्न खोजेको आरोप लगाउँदै किराँतीलाई कुलले धिक्कार्ने भन्न समेत भ्याएका छन् । केही दिन अघि मन्त्री किराँतीले मन्त्रालयको आफ्नो कार्यकक्ष सफाइ गरेको विषयलाई समेत उनले टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !