२ जेष्ठ २०८१, बुधबार

नयाँ गठबन्धनको वैठक बालुवाटारमा जारी, सानाे आकारकाे नयाँ मन्त्रिपरिषद् आजै

प्रकाशित मिति :  4 March, 2024 11:08 am


काठमाडौँ । कांग्रेससँगको गठबन्धन टुटेसँगै एमाले माओवादी नयाँ गठनबन्धनको वैठक बालुवाटारमा जारी छ । वैठकमा एकिकृत माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली लगायत सहभागी छन्।

एमाले नेता विष्णु पौडेल र शंकर पोख्रेल, माओवादी नेता वर्षमान पुन र नारायणकाजी श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेसमेत वैठकमा छन् ।

जनता समाजवादी पार्टी लगायत अन्य पार्टीलाई पनि गठबन्धनमा समावेस गर्ने गरी नयाँ गठबन्धनको तयारी छ । आजै सानो मन्त्रीपरिषद् घोषणा गर्ने गरी गठबन्धनको वैठकमा छलफल भइरहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !