१२ बैशाख २०८१, बुधबार

कोरोनाबाट मर्नेको संख्या अमेरीकामा ७५ हजार र बेलायतमा ३० हजार नाघ्यो

प्रकाशित मिति :  8 May, 2020 7:36 am


एजेन्सी, २६ वैशाख ।

कोरोना भाइरसका कारण अमेरीकामा मृत्यु हुनेको संख्या ७५ हजार र बेलायतमा ३० हजार पार गरेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अमेरीकामा ज्यान गुमाउनेको संख्या ७५ हजार ६ सय ४९ पुगेको छ भने बेलायतमा ३० हजार ६ सय १५ छ । विश्वभर कोरोनाका कारण मृत्यु भएका २ लाख ६९ हजार २ सय ६७ मध्य १ लाख ६ हजार २ सय ६४ जना अमेरीका र बेलायतमा मात्रै छन् ।

युरोपमा सबैभन्दा आक्रान्त इटलीलाई समेत उछिनेर बेलायत कोरोना महमारीबाट पीडित दोस्रो मुलुक बनेको छ । संक्रमित ३८ लाख ४२ हजार ७ सय ३१ मध्य १२ लाख ५६ हजार ७ सय ८१ अमेरीकामा मात्रै छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोनका कारण अफिक्रामा मात्रै १ लाख ९० हजार भन्दा बढी मानिसको ज्यान जाने चेतावनी दिएको छ । संगठनले अफ्रिकामा कारोना रोकथाममा प्रयाप्तता नभएको भन्दै मृतकको संख्या बढ्ने चेतावनी दिएको हो ।

संगठनले अफ्रिकामा मात्रै २९ देखि ४४ मिलियन मानिसहरु संक्रमित हुने र ५ दशमलव ५ मिलियन मानिसहरुलाई अस्पतालमा उपचारको आवश्यकता पर्ने अनुमान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !