१६ बैशाख २०८१, आइतबार

प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

प्रकाशित मिति :  19 March, 2024 6:42 am


काठमाडौँ। मंगलवार बिहान ११ बजे प्रतिनिधिसभा वैठक बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।

प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै जवाफ माग्दै आएका नेपाली कांग्रेसका संसदसमेतको जवाफ दिनेछन्।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि निरन्तर छलफल चलिरहेको छ।



प्रतिक्रिया दिनुहोस !