१५ बैशाख २०८१, शनिबार

कुलो खन्ने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु

प्रकाशित मिति :  29 March, 2024 9:26 am


काठमाडा्रैँ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी महिलाको मृत्यु भएको छ। डोटी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

बिहिबार पातालीसैन सामुदायिक वनमा सिँचाइका लागि कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन् । उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि धनगढी पठाइएको थियो ।

उनको आज बिहान निसर्ग अस्पतालमा धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए ।



प्रतिक्रिया दिनुहोस !