१२ श्रावण २०८१, शनिबार

लुम्बिनीमा महरा मुख्यमन्त्री बन्ने

प्रकाशित मिति :  5 April, 2024 10:49 am


देउखुरी। माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । माओवादीलाई मुख्यमन्त्री बनाउनेसमेतको सात बुँदे सम्झौता गरेका छन्।

हालका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार नै प्रदेशसभामा राजीनामा घोषणा गरेका थिए । शुक्रवार नै नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि आज ४४ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा दाबी प्रस्तुत गर्ने तयारी छ।

माओवादीका स्थायी समिति सदस्यसमेत रहेका रोल्पाको सुनीलस्मृति गाउँपालिका–५ का स्थायी बासिन्दा महरा रोल्पा निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचित भएका थिए ।

महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छन्। यसअघि छाेटाे समयका लागि लुम्बिनी प्रदेशकाे अर्थमन्त्री बनिसकेका छन्।



प्रतिक्रिया दिनुहोस !