१ जेष्ठ २०८१, मंगलबार

कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, विश्वको धनी देश स्विट्जरल्याण्डमा खाना माग्नेको भिड

प्रकाशित मिति :  10 May, 2020 7:47 am


स्विट्जरल्याण्डको जेनेभामा सित्तैमा बाँडिएको खाना लिनेको भिड । फोटोः एजेन्सी

एजेन्सी, २८ वैशाख ।

कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वभर ४० लाख पार गरेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार संक्रमितको संख्या ४० लाख २३ हजार २ सय १८ पुगेको समाचार संस्था सीएनएनले जनाएको छ । जसमध्य अमेरीकामा मात्रै १३ लाख ९ हजार १ सय ६८ छ ।

मृतकको संख्या २ लाख ७९ हजार ३ सय ३ पुगेको छ जसमा अमेरीकामा मात्रै ७८ हजार ७ सय ९४ जनाको ज्यान गएको छ । यसैबीच रुसमा पछिल्लो २४ घण्टामा १० हजार ८ सय १७ नयाँ संक्रमित देखिएका छन् । यो संक्रमणसँगै रुसमा कोरोनाको संकट कम नभएको देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

नयाँ संक्रमितसँगै रुसमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार ६ सय ७६ पुगेको छ । रुसमा लकडाउन जारी छ । कोरोना भाइरस टास्क फोर्सका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४ जनाको मृत्यु भएको छ र कूल मृतक संख्या १८ सय २७ पुगेको छ ।

रुस विश्वमै कोरोनाबाट संक्रमित पाँचौ देश हो ।

कारोनाका कारण विश्को धनी देश मानिएको स्विटजरल्याण्डमा सित्तैमा खानका लागि ठूलो संख्यामा मानिसको लाम लागेको छ । स्विटजरल्याण्डमा देखिएको यो लामले सबैलाई आश्चर्यमा पारेको बीबीसीले जनाएको छ । जनेभा शहरमा हिजो झण्डै एक हजार भन्दा धेरै मानिस सित्तैमा बाँडेको खाना खान लाम लागेका थिए ।

लाम लाग्नेमा गरीब कामदार, गैरकानुनी रुपमा बसेका प्रवासी लाम लागेका ठानिएको छ । मानिसहरुको लाम झण्डै १ किलोमिटर भन्दा लामो देखिएको भन्दै बीबीसीले भनेको छ,‘ यो दृश्यले कोरोना भाइरसको महामारीले दुनियाँको धनी देशहरुलाई पनि कसरी विवश बनाई दिएको   छ ।’



प्रतिक्रिया दिनुहोस !