१७ बैशाख २०८१, सोमबार

डोल्पामा डढेलोमा परी घाइते भएका बालकको उपचारका क्रममा मृत्यु

प्रकाशित मिति :  12 April, 2024 9:57 am


काठमाडौँ । डोल्पामा वनमा लागेको डडेलोले घाइते भएका तीन जना बालबालिक मध्ये एक जना बालकको मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एक जनाको मृत्यु भएको हो ।

आगलागीबाट घाइते भएका १० वर्षीय सुलस बुढाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । घाइते बाँकी दुईजनाकाे थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको दाहालले जानकारी दिए ।

बिहीबार बिहान गाँउ नजिको जंगलमा च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएको अवस्थामा भेटिएका थिए । उनीहरूलाई उद्धार गरी बिहिबार साँझ जिल्ला अस्पताल पुर्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !