१६ बैशाख २०८१, आइतबार

सरकारलाई रचनात्मक सहयोग गर्न मुख्यमन्त्री पोख्रेलको नेता भिम रावललाई सुझाव

प्रकाशित मिति :  10 May, 2020 8:26 pm


काठमाण्डौं, २८ वैशाख ।

प्रदेश- ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सरकारलाई रचनात्मक सहयोग गर्न अर्का नेता भिम रावललाई सुझाव दिएका छन् ।

संसदीय समितिको बैठकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी समिति सदस्य रावलले सरकारको आलोचना र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समयको विषयलाई लिएर आलोचना गरेपरि पार्टीकै स्थायी समिति सदस्य तथा मुख्यमन्त्री पोख्रेलले असन्तुष्टि जनाएका हुन् ।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘विगतमा गृह,रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदुरपश्चिम प्रदेशको इन्चार्ज समेत रहनु भएका कमरेड भिम रावलजीले कालापानी लगायत नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफुले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खवर सुन्न पाएको भए खुसीको अनुभूती हुने थियो ।’

मुख्यमन्त्री पोख्रेलले राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा बलियो एकता र सार्थक पहलको खाँचो पर्ने औंलाएका छन् । संसदका समिति र संसद भित्रको छलफलमा पनि बलियो एकता र सार्थक पहल देखिनुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्,‘आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्छ । सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।’ मुख्यमन्त्री पोख्रेल प्रधानमन्त्री केपी ओली र नेता रावल माधव नेपाल पक्षका हुन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पराष्ट्रमन्त्री ज्ञवालीले समय नदिएको भन्दै नेता रावलले चर्को आलोचना गरेका थिए । पूर्व एमालेभित्रका पनि फरक गुटभित्रका नेताबीच देखिएको असामान्य अवस्था अहिले भाइरल भएको छ ।

समितिमा आज देखिएको दृश्य यस्तो थियाे

 



प्रतिक्रिया दिनुहोस !