१७ बैशाख २०८१, सोमबार

कोरोना: लकडाउन खुकुलोपछि जर्मनीमा संक्रमण फेरी बढ्यो, भारतमा संक्रमित ६७ हजार भन्दा माथी

प्रकाशित मिति :  11 May, 2020 7:40 am


एजेन्सी, २९ वैशाख ।

जर्मनीमा लकडाउन खुकुलो बनाएलगत्तै कोरोना संक्रमण बढेको देखिएको छ ।

बीबीसीका अनुसार लकडाउन सहज बनाएपछि जर्मनीमा एक दिनमै फेरी कोरोना संक्रमितको दर बढेको छ । सरकारी अधिकारीहरुले जर्मनीमा कोरोनाको संक्रमण फेरी फैलिएको भन्दै सजग गराएका छन् ।

शनिबार हजारौं मानिसहरु भेला भएर लकडाउन तत्काल अन्त्य गर्न माग गरेका थिए । जर्मनी कोरोना संक्रमित विश्वको सातौ प्रभावित देश    हो । त्यहाँ अहिलेसम्म १ लाख ७१ भन्दा बढी संक्रमित र ७ हजार भन्दा धेरैको ज्यान गईसकेको छ ।

दक्षिण कोरियामा नयाँ संक्रमण तिब्र फैलिएपछि कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै चेतावनी जारी गरिएको छ । लकडाउन खुकुलो बनाएर जनजीवन सहज बन्दै गरेका बेला दक्षिण कोरियामा फेरी नयाँ संक्रमितको संख्या बढेको छ ।

चीनका सरकारी अधिकारीहरुले उत्तरपूर्वी चीनमा कोरोना भाईरसको दोस्रो लहर देखिएको भन्दै चेतावनी जारी गरेका छन् । चीनमा लिलिन प्रान्तको एक सहरलाई उच्च जोखिम शहरको रुपमा व्याख्या गरिएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या ६७ हजार १ सय ६१ पुगेको छ भने २२१२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ४१ लाख १ हजार ६० जना संक्रमित र २ लाख ८२ हजार ६ सय ९४ जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !