१८ बैशाख २०८१, मंगलबार

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या देशभर १ सय २० पुग्यो

प्रकाशित मिति :  11 May, 2020 8:44 am


काठमाण्डौं, २९ वैशाख ।

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको यशोधरा गाँउपालिका-५ र बुद्धभूमि-७ र १० का १८,१९,२०,२०,२४,३०,३१,३४,३४ र एक जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज जारी गरेको विज्ञप्ति अनुसार कपिलवस्तुमा १० जनामा पुष्टि भएसँगै देशभर संक्रमितको संख्या १ सय २० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !