२ जेष्ठ २०८१, बुधबार

महोत्तरीका अग्नि पीडितलाई काठमाडौँ महानगरपालिकाको १० लाख सहयोग

प्रकाशित मिति :  29 April, 2024 1:51 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगर विपद व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

निर्णयबमोजिमको रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी छ ।
जरलहवा टोलमा १२ गते बुधबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर १ सय घर जलेका छन् । यसबाट ४५५ जना व्यक्ति प्रभावित भए । सोही आगलागीले ५ वटा बाख्रा, २ वटा सुँगुर जलेर नष्ट भएका छन् ।



प्रतिक्रिया दिनुहोस !