५ जेष्ठ २०८१, शनिबार

सवारी दुर्घटना न्युनिकरण सरकारले नियम बनाएर मात्रै हुँदैनः मन्त्री लम्साल

प्रकाशित मिति :  5 May, 2024 4:25 pm


काठमाडाैँ । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सवारी दुर्घटना न्युनिकरण ट्राफिक प्रहरीले कारबाही गरेर र सरकारले नियम बनाएर मात्रै नहुने बताएका छन् ।

आइतवार पूर्वअरनिको यातायात प्रालिले काठमाडौँमा आयोजना गरेको दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

उनले सवारी साधान न्युनिकरण गर्न सबैभन्दा बढी जिम्मेवारी सवारी चालक हुनुपर्ने बताए । मन्त्री लम्सालले सरकारले कानून उल्लङ्घन गर्नेलाई कारबाही गर्दैमा सवारी दुर्घटनामा कम हुन नसक्ने दाबी गरे । उनले सडक दुर्घटना कम गर्न सवारी साधनको इस्टेरिङ बस्ने सवारी चालक बढी सचेत हुन आवश्यक रहेको बताए ।

उनले भने, “ट्राफिक प्रहरीले सावरी साधन समातेर र सरकारले नियम बनाएर मात्रै सडक दुर्घटना न्युनिकरण हुन सक्दैन । सडक दुर्घटना कम गर्न सवारी साधनको इस्टेरिङ बस्ने सवारी चालक बढी सचेत हुनुपर्छ । सवारी चालक जिम्मेवार हुनुपर्छ । आफूले पाएको जिम्मेवारी सतर्कता पूर्ण निर्वाह गनुपर्छ ।”

उनले यातायातको क्षेत्रमा समस्या व्यवसायी,ट्राफिक प्रहरी र सरकार मिलेर साझा ढङ्गले समाधान गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !