६ जेष्ठ २०८१, आइतबार

स्याङ्जाको आँधिखोलामा डुबेर एक जनाको मृत्यु

प्रकाशित मिति :  6 May, 2024 1:57 pm


काठमाडौँ । स्याङ्जाको आँधिखोलामा डुबेर हिजो (आइतबार) दिउँसो एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नम्बर १० पाठेखोला बस्ने ६८ वर्षीय पविसरा विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार वालिङ नगरपालिका वडा नम्बर ९ बैदीस्थित आँधिखोलामा डुबेर अशक्त भएको उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !