२२ बैशाख २०८१, शनिबार

अमेरीकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ८० हजार नाघ्यो, एक दिनै १७ हजार भन्दा बढी संक्रमित

प्रकाशित मिति :  12 May, 2020 7:43 am


एजेन्सी, ३० वैशाख ।

अमेरीकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८० हजार पार गरेको छ ।

अमेरीकी समाचार संस्था सीएनएनका अनुसार अहिलेसम्म मर्नेको संख्या ८० हजार ३ सय ७८ पुगेको छ । संक्रमितको संख्या १३ लाख ४७ हजार १ सय ५१ भएको छ । पछिल्लो २४ घण्टामा मत्रै १७ हजार ३ सय ६० नयाँ संक्रमित भेटिएका छन् भने ८ सय ५० जनाको मृत्यु भएको छ ।

बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७ सय ३९,स्पेनमा २६ हजार ७ सय ४४ फ्रान्समा २६ हजार ६ सय ४ जनाको ज्यान गएको छ ।
रुसमा २४ घण्टामा ११ हजार ६ सय ५६ नयाँ संक्रमित भेटिएको छ तर सरकारले भने लकडाउन खुकुलो बनाउने जनाएको छ ।

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले संक्रमित बढीरहेका बेला लकडाउन खुकुलो बनाउने बताएका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७० हजार नाघेको छ । अहिलेसम्म ७० हजार ७ सय ६८ जना संक्रमित देखिएका छन् भने २२ सय ९४ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !