६ जेष्ठ २०८१, आइतबार

भारतमा आज तेस्रो चरणको निर्वाचन, प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदावादमा मतदान गरे

प्रकाशित मिति :  7 May, 2024 9:13 am


काठमाडौँ। छिमेकी मुलुक भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आज (मंगलवार) तेस्रो चरणको मतदान हुँदैछ । सात चरणमा निर्वाचन सम्पन्न गर्ने तालिका छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अधिक संख्यामा भोट गरेर नयाँ रेकर्ड राख्न अनुरोध गरेका छन् ।

तेस्रो चरणको मतदानमा मोदीले पनि भोट हालेका छन् । अहमदावादस्थित निशान उच्च माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्।

भारतमा चौथो चरणमा मे १३ तारिखका दिन मतदान हुने भएको छ भने पाँचौ चरणमा निर्वाचन मे २० मा हुनेछ। छैटौं चरणको मे २५ मा र सातौं चरणको १ जुनमा मतदान हुने जनाइएको छ।

सबै चरणको मतदान सकिएपछि मात्रै मतगणना गरिने भएकाले मतगणना ४ जुनबाट सुरू हुनेछ।

भारतमा ९६।८ करोड मतदाता छन्। तीमध्ये ४७।१ करोड महिला र ४९।७ करोड पुरूष मतदाता रहेका छन्। ८५ वर्षमाथिका व्यक्तिहरूलाई घरबाटै मतदान गर्न मिल्ने व्यवस्था गरिएको छ।

सन् २०१९ मा निर्वाचित लोकसभा सदस्यहरूको पदावधि आगामी जुन १६ देखि सकिँदैछ।

यसपालिको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडिए र कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ।

भारतमा २०१४ र २०१९ को लोकसभा चुनाव भाजपाले जितेर लगातार दोस्रो कार्यकाल मोदी प्रधानमन्त्री छन्।



प्रतिक्रिया दिनुहोस !