११ मंसिर २०७९, आइतबार

अनलाईन शिक्षाः सम्भावना तथा चुनौती

प्रकाशित मिति :  12 May, 2020 1:15 pm


संयुक्त राष्ट्र संघ अन्तर्गतको युनेस्कोले हालसालै सार्वजनिक गरेको तथ्यांक अनुसार कोभिड–१९ बिरुद्ध जारी पूर्ण वा आंशिक लकडाउनका कारण विश्वमा विद्यार्थीको संख्याको ७२ प्रतिशत वा १ दशमलव ५ अर्ब विद्यार्थी पठनपाठनबाट बन्चित छन् ।

नविन ज्ञान, सिप तथा कलाको माध्यामबाट विद्यार्थीको क्षमता तथा सृजनशीलता तिखार्न र विद्यार्थीलाई शारिरीक,मानसिक तथा संवेगात्मक बृद्धिबाट बन्चित नहुन भन्नको लागि विभिन्न उपाय तथा बैकल्पिक व्यवस्थाबारे बहस जारी छ । दुर शिक्षा तथा अनलाईन शिक्षा सम्बन्धमा आवश्यक विभिन्न औजारहरु तथा उपयोगी लिंकहरु युनेस्को लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरुले जारी गरेको अवस्था छ ।

विश्व परिवेशबाट सिक्दै वा समयको मागलाई आत्मसाथ गर्दै नेपालमा पनि अनलाइन कक्षा सञ्चालन गर्ने लहर देखिएको छ । कक्षा सञ्चालनका उद्देश्य बहुल हुन सक्छन् ।

शिक्षक तथा विद्यार्थीलाई शैक्षिक संघसस्थासँग जोडिराख्ने अथवा उनीहरुको संग्लनता मार्फत आर्थिक गतिविधी सुचारु गर्ने । यसका अलवा शैक्षिक क्यालेन्डरलाई सन्तुलनमा राख्दै विद्यार्र्थीको समय तथा आवश्यकताको संबोधन गर्नु पनि उक्त कक्षाको उद्देश्य हुन सक्छ । जे जस्ता स्वार्थबाट प्रेरित भएतापनि अनलाइन कक्षा सञ्चालनबाट देखिएका संभावनाहरु निम्न अनुसार छन्।

१.नविन प्रविधिसँग साक्षात्कार

विश्वको विद्युतीय तथा इन्टरनेटको बजारमा उत्पादित तथा विकसित विभिन्न किसिमको नविन एप्लिकेसन तथा तिनका प्रयोग सम्बन्धमा अविभावक, विद्यार्थी तथा शिक्षक जानकार बन्ने मौका मिलेको छ । उक्त ज्ञानलाई थप परिस्कृत तथा परिमार्जित गर्दै आफ्नो माटो सुहाउँदो बनाउन सकेमा भविश्यमा सहजता ल्याउन सकिन्छ । नेपाली प्रविधि प्रेमी उत्पादनकर्ताका तथा विक्रेताले तत्कालिन आवश्यकतालाई सम्बोधन गर्न सक्ने अन्य सामाग्री तय गरी प्रविधि बजारलाई थप फराकिलो र उर्जाशिल बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

२. अभिभावक तथा विद्यार्थीको समय व्यवस्थापन

लामो समयको पट्यारलाग्दो र अव्यवस्थित समयचक्रको दैनिकीलाई केही घण्टा विशेषको कक्षा सँगसँगै हुने अन्तरक्रिया तथा गृहकार्यले विद्यार्र्थीलाई समयको पालना तथा जिम्मेवारी अनुभूत गराउने छ । तद्नुसारको व्यवस्थापन मिलाउन सहयोग गर्नुपर्ने हुँदा अभिभावक पनि केही हदसम्म व्यस्त बन्नुपर्ने हुनसक्छ । अनुत्पादक तथा अप्रासंगिक विषयबस्तु सँगसँगै हुने अन्य गलत क्रियाकलापबाट विद्यार्र्थीलाई जोगाउन पनि यस्ता अनलाइन शिक्षा प्रभावकारी हुन सक्छ ।

३. जिज्ञासा, कौतुहलता तथा सृजनशीलताको बिस्तार

जन्मजात नै जिज्ञासु स्वभावका बाल मस्तिस्कमाथि लामो घर बसाइको साथसाथै विभिन्न किसिमका होहल्लाबाट वास्तविकता पहिचान गर्न समस्या परेको छ । सम्बन्धित विषय शिक्षक तथा परामर्शदातासंग हुने अन्तरङ्ग छलफल एवं अन्तक्र्रियात्मक वातावरण तय हँुदा युवा सोच र युवा विचारले अझ बढी परिस्कृत भई नविन उपलब्धि हासिल हुन सक्छ ।

४. सामाजिक सम्बन्धमा सहजिकरण

बन्दाबन्दीको वातावरण तथा संक्रमणको जोखिमबीच समाजबाट अघोषित सम्बन्ध टुटेको परिस्थितिमा अनलाईन कक्षाका माध्यामबाट केही हदसम्म शिक्षक, विद्यार्थी, अभिभावक तथा सहपाठीसँग सम्बन्ध पुर्नस्थापित गर्न सहयोग मिलेको छ । यसका अलवा प्रविधि तथा अन्य सम्बन्धित विषय बस्तुका बारेमा छलफल हुने मौका प्रदान हुने हुँदा एक किसिमको सामाजिक संजालका कारण पुर्नजिवित हुन जान्छ ।

५. भौगोलिक विकटतालाई सहज गर्ने विकल्प

देशका दुरदराजमा रहेका बस्ति, तथा विद्यालयलाई अनलाईन शिक्षाको माध्यामबाट सहरी आधुनिक परिवेशका विद्यालयसँग जोड्न सक्ने विकल्प तयार हुनेछ । पाठ्क्रम, पाठ्यपुस्तक तथा सम्बन्धित पाठ्यबस्तुको अभावबाट गुज्रनु पर्ने विकटका विद्यार्थीलाई उपयुक्त आधारभूत पूर्वाधारहरु तय गरी सहज रुपमा शिक्षा ,तालिम वा अन्य जानकारी प्रेसित गर्ने वातावरण बन्न सक्छ ।

उल्लेखित सम्भावनालाई मुर्त रुप दिन अनलाइन शिक्षालाई बैकल्पिक धारमा स्थापित गराउन सरकार, विद्यालय ,समाज तथा विद्यार्थी सबै क्षेत्रबाट उत्तिकै लगाव लगाउनु पर्ने देखिन्छ । तत्कालिन अवस्थामा देशको ७२ प्रतिशत जनसंख्या मात्र सहज विद्युत् आपूर्तिको पहुँचमा हुनु, द्रुत गतिको इन्टरनेटसम्मको उपलब्धता धेरै कम जनसंख्यामा हुनु , अधिकांश अभिभावकमा प्रविधि तथा उपकरणमाथि यथेष्ट पहुँच नहुँनु, अनलाईन शिक्षाका मुख्य चुनौतिहरु हुन् ।

यसका साथै नेपाली परिवेश तथा पाठ्यक्रमसँग मेल खाने अनलाइन पाठ्यसामाग्री पर्याप्त छैन, शिक्षक विद्यार्थी तथा अभिभावक सबैमा आवश्यक ज्ञान, सिप तथा तालिम नहुँदा प्रविधि दुरुपयोग हुने चुनौती उत्तिकै छ ।

कोरोना भाइरसको विश्वव्यापी माहामारी सँगसँगै सुरु भएको अन्यौलता अनिश्चितता तथा भय र त्रासको वातावरणका बीच नयाँ आशा,विश्वास र भरोसा जर्गेना गर्न अनलाईन शिक्षा प्रभावकारी बन्न सक्छ ।

नीति निर्माणकर्ता सरकार तथा सम्बन्धित शैक्षिक संस्थाका साथै विद्यार्थी अभिभावकले आवश्यक सहकार्य र सहसम्बन्ध स्थापित गरी पर्याप्त सावधानी तथा गहन अध्ययन गरी माटो सुहाँउदो पाठ्यक्रम र पाठ्यवस्तु प्रचारित गर्न सक्नु पर्दछ । यसो गर्न सकेमा संकटमा सिकिएको कलाले पछिल्ला दिनमा पनि शैक्षिक फट्को मार्न पर्याप्त टेवा



प्रतिक्रिया दिनुहोस !